ब्लाक बेल्ट ग्रेडिङमा कोशी प्रदेशबाट ८ जना वान डानमा छानिए

५ मंसिर, कानेपोखरी । राष्ट्रिय ब्लाक बेल्ट ग्रेडिङ्बाट कोशी प्रदेशका ८ जना खेलाडी वान डानमा छानिएका छन् ।

नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नवलपरासीमा कात्र्तिक २२ गते आयोजनामा गरेको कार्यक्रममा कोशी प्रदेशका ८ जना खेलाडी ब्लाक बेल्टबाट वान डानको बेल्ट प्राप्त गरेको हो । वान डानको बेल्ट पाउनेहरुमा उत्सव बराल, रोयल राई, सूर्य चौधरी, अनुस्का धमला, युहाङ राई, मौसम लिम्बु, आशिका मगर र चेसुङ लिम्बु रहेका छन् ।

सि.एच.आइटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलको नेतृत्वमा अभिभावक सहित खेलाडी सहभागिको लागि नवलपरासी गएका थिए ।

सि.एच.आइटिएफ तेक्वान्दो महासंघ केन्द्रिय बैठक सहित ब्लाक बेल्ट ग्रेडिङ रहेकोले बैठक र ग्रेडिङ दुवैमा सहभागि भएर ठुलै उपलब्धि भएको अध्यक्ष भुजेलले बताए । त्यस अघि तेक्वान्दो संघले अन्तराष्ट्रिय खेलको लागि खेलाडीहरुलाई काठ्माडौं लगेका थिए । प्रदेश, केन्द्र र अन्तराष्ट्रिय खेलहरुमा सहभागि गराउँर्दै जाने अध्यक्ष भुजेलले बताए ।

सम्बन्धित खवर