७ कात्र्तिक, हरकपुर । मोरङको कानेपोखरी–३ स्थित तल्लो हरकपुरमा खुल्ला नकआउट प्रतियोगिता मंगलबारबाट सुरु भएकोछ ।
नव प्रतिभा युवा क्लबको आयोजनामा भएको प्रतियोगिता प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष गोपाल बहादुर कार्कीले फुटबल हस्तान्तरण गर्दै उद्घाटन गरेको हो ।
उद्घाटन खेलमा आयोजक नव प्रतिभा युवा क्लब बी र नव स्पोर्टिङ क्लब २५ बिगेले जितको सुरुवाती गरेको छ ।
पहिलो खेलमा आयोजक नव प्रतिभा युवा क्लब बीले कालीकोशी फुटबल क्लबलाई १–२ गोलको अन्तरले जित निकालेको थियो ।
त्यस्तै दोस्रो खेलमा नव स्पोर्टिङ क्लब २५ बिगेले नर्थ राधानाघर क्लबलाई २–५ ओलको अन्तरले जित निकालेको थियो ।
वडा नं. ३ को मंगलबारे बजार उत्तरको खेलमैदानमा खेल भैरहेको छ । नव प्रतिभा युवा क्लबका सचिव सुमन थोक्लेनको सभापतित्वमा भएको उद्घाटन खेलमा वडा नं. ३ का वडा सदस्य डिल्लीमान गिरी, लोकबहादुर लिम्बु, रमाइलो प्रहरी चौकीका इन्चार्ज मोहन कुमार प्रधान लगाएत स्थानीय वृद्धिजिवी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।