कानेपोखरीमा ३१ जनाको आरडिटी परीक्षण, सवैको रिर्पोट नेगेटिभ

बैशाख २० गते, कानेपोखरी । कानेपोखरीमा द्रूत परीक्षण विधि (आरडिटी) बाट ३१ जनाको नमूना परीक्षण भएको छ ।


शुक्रबार सम्म यसरी परीक्षण गरिएका सबै जनाको रिर्पोट नेगेटिभ आएको छ । वडा नं. १, २, र ३ वडाबाट २० जना र ४, ५, ६ र ७ बाट ११ जनाको द्रूत परीक्षण विधि (आरडिटी) नमूना परीक्षण गरिएको हो । परीक्षण गर्न बोलाएको वडा नं. ४ बाट ४ जना उपस्थीत नभएको स्वास्थकर्मी निशा राजभण्डारीले बताइन् ।

बैदेशीक रोजगार र संक्रमित स्थानबाट घर आएका मध्येबाट भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुलाई द्रूत परीक्षण विधि (आरडिटी) नमूना परीक्षण गरिएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

कानेपोखरी–२, स्थित बाँघेझोडाका ७२ बर्षिय लक्ष्मि प्रसाद भट्टराईको आरडिटी टेष्ट नेगेटीभ देखिए पनि स्वास्थ उपचारको क्रममा बैशाख ३ गते विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएको थियो । उनलाई दुई दिन अघि विराटनगर लगिएको थियो ।

मृर्तक भट्टराई घरमा भारतीय नागरीकको समूह आएर केही समय घरमै बसेको कारण कोरोना भाइरस संक्रमण हुने भन्र्दै स्थानीयहरुको पहलमा विराटनगर लगिएको थियो ।


बैदेशी रोजगार विदेशबाट, भारतबाट र काठ्माडौंबाट २५० जना गाउँपालिका भित्री सकेको छ । उनिहरुको निगरानी गाउँपलिकाले गरिरेको पालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् ।

सम्बन्धित खवर