प्रदेश बजेटः जीर्ण रहेको कालोपत्रे नउप्काई त्यसैमाथि कालोपत्रे गर्न लागेको भन्दै उपमेयरद्धारा रोक

असार १६ गते, पथरी । १ नम्बर प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयबाट थालिएको कालोपत्रे सडकलाई पथरीशनिश्चरे नगरपालिकाले काममा रोक लगाएको छ ।

वडा नं. ७, को सम्झना चौकदेखि मायालुचोकसम्मको ७ सय मिटर लम्वाई सडकमा जीर्ण रहेको कालोपत्रे नउप्काई त्यसैमाथि कालोपत्रे गर्न लागिएको भन्र्दै काममा उपप्रमुख यामुना विष्ट बास्तोलाले रोक लगाएको हो । सोमबार सो कालोपत्रेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वको अनुगमन् समितिले अनुगमन् गरेको थियो ।

सो सडकमा कालोपत्रेका लागि प्रारम्भिक चरणको काम थालिएको भएपनि पहिलेको उप्किएर बाँकी रहेको कालोपत्रे नै नउप्काई त्यसैमाथि गिट्टी हालिएको पाइएको छ । तलको सवै भाग उप्काएर ‘स्केरीफाई’ गर्नुपर्नेमा त्यसो नगरी पहिलेको कालोपत्रेको भागलाई त्यसै छाडेर माथि माथि गिट्टी हालेर गुणस्तरहीन काम गरेको जानकारी पाएपछि तत्काल काम रोक्न लगाइएको नगर उपप्रमुख वास्तोलाले बताइन् । त्यहाँ ‘स्केरीफाई’ नगरेको, सव बेस नगरी बेसको मापदण्ड विपरितको गिट्टी प्रयोग गरेको तथा ग्रेडिङ समेत नगरेकोले सरासर गलत काम भएको पाइएको उनले उल्लेख गरिन् ।

उनले संघ, प्रदेश, नगर वा कुनै निकायले नगरभित्र काम गर्दा गुणस्तरीय काम गर्न अनुरोध गर्दै सवैलाई अनुगमनमा कडाई गर्दै आएको बताइन् । सव बेस गर्नुपर्ने उल्लेख भएको सम्झौताको पानानै च्यातिएको समेत नगरका प्राविधिक पक्षको दावी छ । सव बेसपछि गरिने बेसमा फोरुवा गिट्टी लगाउनु पर्ने हुन्छ । तर सव बेस नगरी एकैचोटी बेसका रुपमा चलुवा गिट्टी हालेर थप अर्काे अनियमितता गरिएको दावी छ ।

सो योजना प्रदेशको पूर्वाधार कार्यालयमार्फत वल्र्ड ट्रेड कन्ट्रक्सन् दमक झापाले ठेक्का लिएको छ । योजनाका बारेमा डिभिजन इन्जिनियर सुशील श्रेष्ठले त्यस्तो कमजोरी भएको भए त्यसलाई सच्याउन लगाउने जवाफ दिएका छन् । उनले आफु कार्यालयबाट बाहिर रहेकाले सो सडकको बजेट आफुलाई थाहा नभएको वताए ।

बारम्बार विवादमा आएका श्रेष्ठकै सेटिङमा उनका निकट व्यक्तिलाई ठेक्का पारेर अनियमितता गर्न खोजेको स्रोतको दावी छ । सो योजनाको बजेटका बारेमा तत्काल खुल्न सकेन । ठेकेदार कम्पनीका पशुपति बरालले बजेट बताउन चाहेनन् । ठेकेदार पक्षले ‘स्केरीफाई’ गरेको तर कँही छुटेको हुनसक्ने भन्दै झुटो कुरा गरेको थियो ।

सम्बन्धित खवर