माघ १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी–७, आइतबारेमा स्थापित दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले खसीबोका संकलन तथा बिक्री केन्द्रको भवन स्थापना गरेका छ ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले भवनको उद्घाटन गरेको हो । सो भवन अहिले वडा नं. ६ को बरगाछी पूर्व निर्माण गरिएको छ । सो भवन ७५ लाख ३७ हजार ४ सय ६१ रुपैयामा निर्माण सम्पन्न गरिएको थियो ।
पशुपंछी तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ विराटनगरबाट ५० लाख, हेफर इन्टरनेशनल नेपालबाट ४ लाख ७५ हजार, कानेपोखरी गाउँपालिकाबाट ३ लाख ५० हजार र दिगोपनबाट १७ लाख १२ हजार ४ सय ६१ गरी सो बराबरको रकममा भवन निर्माण सम्पन्न गरिएको संस्थाका व्यवस्थापक रुकमणी भुसालले बताइन । भवन २०७६ माघ १५ गते सम्मपन्न गरेता पनि कोभिड–१९ को कारण उद्घाटन रोकिएको थियो ।
किसानको उत्पादनको उचित मुल्य, बिचौलियाको अन्त्य र बजारीकरण सुनिश्चितताको लागि संस्थाले २०७३ साल देखी जिवित तौल अनुसार खसिबोका खरिदबिक्रि व्यवसाय, पशु सन्तुलित आहार, उन्नत जातका घासका बिऊ बिजन खरिद बिक्रि गदै आइरहेका छन् । अहिले सम्म संस्थाले ५ हजार ८ सय ८४ केजी खसिबोका र पाठापाठी खरिद गरेको छ भने ५हजार ५ सय ४० केजी बिक्रि गरेको छ । संस्थाले किसानले पालेको खसीबोका, पाठापाठी उचित मुल्यमा खरिद गरी बजार खोजि बिक्रि गर्दै आएको छ ।
गाउँपालिकामा अहिले १ देखी २ माउ बाख्रा पाल्ने ३४५ घर, ३ देखी १० माउ बाख्रा ३६० घरधुरी , ११ देखी २० माउ बाख्रा पाल्ने २५ घरधुरी र २० माउ बाख्रा भन्दा माथी पाल्ने ७ घरधुरी रहेको छ । संस्थाले पशुधनको सुरक्षाको लागि पशु बिमा सहजिकरण कार्यक्रम पनि गर्दै आएको छ । यस आर्थिक बर्षमा ४ सय वटा पशुको बिमा गरिएको मध्ये २० वटा पशुको मृत्यु दाबी भुक्तानी पनि गरिएको संस्थाकी अध्यक्ष उमाराना मगरले बताए ।
उमाराना मगरको सभापतीमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए । त्यसैगरी विशेष अतिथिमा निरु दाहाल पाण्डे, डा. लेखनाथ दाहाल, डा. सुशिल, पशुपती पोख्रेल, गोमा नेपाल वडा नं. ७ का वडाध्यक्ष मोहन अधिकारी, ६ का वडाध्यक्ष खड्ग बस्नेत, टंकबहादुर अधिकारी लगाएत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए ।