नगरमा नेतृत्व विकास तालिम सुरु

कात्र्तिक १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा रहेको अपाङ्गता भएकाहरुको मिलिजुली समूहका लागि सहकारी तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सुरु भएको छ ।

मंगलबार तालिम उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा अपाङगता भएका व्यक्तिहरुको आवश्यकताका आधारमा उनीहरुका लागि सहायता सामग्री सहितका समस्या समाधान गर्न ३ वर्षे विशेष कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले अपाङगता भएकाहरुको पुनस्र्थापनाका लागि कस्ता कस्ता कार्यक्रम आवश्यक छ भन्ने विषयमा सम्बन्धित पक्षबाटै सुझाव आउनु पर्ने जोड दिए ।

कार्यक्रममा बोल्दै कार्यक्रम सभाध्यक्ष नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले अपाङगता भएका महिलाहरुको झनै समस्या भएकाले नगरले उहाँहरुको समस्या समाधानमा पहल गरिरहेको बताए ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र नगरपालिकाको संयुक्त रुपमा अपाङगता पुनस्र्थापना सम्बन्धी ३ वर्षे कार्यक्रम सञ्चालन भइरहेको छ । सोही अन्तर्गतको तालिममा सहकारीकर्मी एवम् शैक्षिक व्यक्तित्व जीवन वस्नेतले तालिमको सहजिकरण गर्नुभएको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाए ।

सम्बन्धित खवर