सोमवार, भदौ ३०, २०८२

नगरमा योजना र स्वास्थ्य केन्द्र अनुगमन

फागुन ५ गते, उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरको योजना अनुगमन समितिले योजना र आधारभूत स्वास्थ्य सेवा केन्द्रको अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले वडा नम्बर १० मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन, औषधि उपचार सहितका बारेमा नगर उपप्रमुख वास्तोलाले जानकारी लिँदै मुस्कान सहितको छिटो छरितो सेवाका लागि कर्मचारीहरुको ध्यानाकर्षण गराइन् ।

त्यसैगरी सोही वडाको डाँस खोला पूर्व पशुपति त्रिवेणी सडक निर्माण कार्यको अनुगमन् गरेको छ । जसमा दुवैतर्फको भागमा एकतर्फी वाल सहितको सडक निर्माण कार्यका लागि नगरले १८ लाख ८८ हजार ६० रुपैयाँ बजेटको कार्यादेश दिएको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2025 Nigranitimes.