बेवारीसे एक महिलाले भेटाइन् आमा

चैत्र २४ गते, कानेपोखरी । मानसिक सन्तुलन गुमेकी बेलबारी नगरपालिकाकी जुनेलीले आफ्नी आमा भेटेकी छिन् । विहिबार मोरङको कानेपोखरी ४ स्थित खोरिया टोलमा भिरबाट लडेकी थिइन् ।

भिरबाट लडेपछि स्थानीयहरुले देखेपछि तत्काल उनिहरुले गाउँपालिकाको नगरप्रहरीलाई खवर गरेका थिए । नगरप्रहरी प्रमुख युवराज भूजेलको नेतृत्वको टालीले महिलाको उद्दार गरी कानेपोखरी अस्पतालमा उपचार गराएका थिए । गाउँपालिकाले सामाजिक सञ्जालमा महिला भेटीएको सूचना गरेका थियो । घाइते महिलालाई गाउँपालिका अध्यक्ष राजमती इङ्नामले पनि अस्पतालमा भेटगर्न गएका थिए ।

सोही दिन सामाजिक सञ्जालमा बेलबारी घर भएको कमेन्ट आएपछि नगरप्रहरीले घरमा पु्याई आमा भगवतीको जिम्मा लगाएको नगरप्रहरी प्रमुख युवराज भूजेलले बताए । छोरीलाई आमाले भेटेपछि किन छोडेर हिडेको भन्दै मायाले कुटेका थिए । आमाछोरी बेलबारी बजारमा डेरा बस्दै आएका छन् । आमा अर्काको घर, होटलमा भाडा माझ्ने काम गर्दे जिविको पार्जन गर्छन् ।

 

सम्बन्धित खवर