जागृती साकोसद्धारा रक्तदान, ५० पिन्ट रगत संकलन

भदौ २१ गते, जहदा । मोरङको कानेपोखरी–५, स्थित जहदामा स्थापित जागृती बचत तथा ऋण सहकारी संस्थाले गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ ।

संस्थाको २४ औं स्थापना दिवसमा आइतबार संस्थाले सामाजिक दुरी कायम गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको हो । संस्थाका सेयर सदस्य र स्थानीयले रगत दान गरेको संस्थाका अध्यक्ष इन्द्र थापाले बताए ।

कोरोना भाइरसको कारण देशमा लामो लकडाउनको कारण रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष थापाले बताए । कार्यक्रमको प्राविधिक सहयोग रेडक्रस सोसाइटी सुनसरी धरानले गरेको थियो ।

सम्बन्धित खवर