माघ २० गते, आइतबारे । मोरङको कानेपोखरी ७ नम्बर वडाकार्यालयले ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने सुकुम्बासीहरुको घरपरिवारहरुलाई भेलागरी वडामा लगत संकलन कार्य बारेमा अन्तरक्रिया गरेका छन् ।
सोमबार २५ विघेमा भएको कार्यक्रममा वडाका टोल टोलको सुकुम्बासीहरु उपस्थित भई अन्तरक्रियामा सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै असार मसान्त सम्ममा सवैको हातमा जग्गाको धनीपुर्जा हुने बताएका छन् । लगत संकलनकर्तालाई सवैले सहयोग गर्नुपर्ने र कसैले जग्गा दिन्छु भनेर पैसा मागेमा तत्काल वडा र गाउँपालिकामा खबर गर्नुपर्ने अध्यक्ष काफ्लेले बताए । त्यसैगरी वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले पनि बोलेका थिए ।वडाध्यक्ष मोहन प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । वडासदस्य धनबहादुर लिम्बुले स्वागत कार्यक्रम गरेका थिए । मंगलबारबाट वडामा तथ्याङ् संकलन कर्ताले काम सुरु गर्ने वडाअध्यक्ष मोहन प्रसाद अधिकारीले बताए ।
कँही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएको तथा ऐलानी जग्गा भोग गरेकाले अनुसूचि ३ को ‘भूमिहीन सुकुम्बासी’ फारम भर्नुपर्ने र अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले अनुसूचि ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने हुन्छ । गाउँपालिकामा बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय स्थापना गरी ७ वटै वडाबाट १३ जना कर्मचारी नियुक्त गरिएको छ ।