अनेमा संघ ५ नम्बर वडा कमिटिमा सृजना चौधरीको नेतृत्व

असोज २ गते, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटिले वडा नं. ५ को वडा कमिटि गठन गरेको छ ।

शुक्रबार सृजना चौधरीको अध्यक्षतामा ३१ सदस्य वडा कमिटि गठन गरेको हो । नव गठित उपाध्यक्षमा लिला ढकाल, सचिवमा सपना पुरी, सहचिवमा तुलसा कार्की र कोषाध्यक्षमा खडक कुमारी थापा रहेका छन् ।त्यसैगरी सदस्यहरुमा लक्ष्मि खनाल, टिका प्रधान, अनिता धिमाल, कल्पना लिम्बु, प्रतिमा चौधरी लगाएत छन् ।

कार्यक्रमको प्रमुख अतिथि एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम रहेका थिए । त्यसैगरी अन्य अतिथिहरुमा जिल्ला कमिटि सदस्य भोला अधिकारी, एमाले गाउँ कमिटि सचिव चरण गुरुङ, वडा नंं ५ पार्टी अध्यक्ष युवराज लुईटेल, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीका संयोजक अशोक फुयल लगाएत अतिथि रहेका थिए ।

कार्यक्रमको सभाध्यक्ष कमिटिका अध्यक्ष मुना श्रेष्ठले गरेकी थिइन् भने संचालन सचिव खिना दाहालले गरेका थिइन् ।

सम्बन्धित खवर