नगरपालिकाद्धारा विद्यालयमा खाजा अनुगमन

मंसिर ७ गते, पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रका सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई खुवाउने खाजाको व्यवस्थापन बारे अनुगमन गरेको छ ।

नगर उपप्रमुख एवम स्थानीय तह खाजा व्यवस्थापन समिति तथा नगर अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोला, अनुगमन सदस्य मैनाकुमारी राई लिम्बू सहितको टोलीले वडा नम्बर ९ को सिंहवाहिनी मावि र १० को जालपासिंहदेवी आधारभूत विद्यालयमा अनुगमन गरेको हो ।

नगरको कार्यविधि अनुरुप विद्यालयमा प्रत्येक दिन फरक फरक खाले गुणस्तरीय स्थानीय खाजा व्यवस्थापनमा जोड दिन विद्यालयहरुलाई अनुरोध गरिएको संयोजक वास्तोलाले बताइन । साथै टोलीले विद्यालयको पठनपाठन सहितका विषयमा पनि जानकारी लिएको छ ।

सम्बन्धित खवर