मंसिर २४ गते, भौसाबारी, मोरङ । कानेपोखरी–६, स्थित रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियुको क्याम्पस कमिटी गठन भएको छ ।
श्क्रबार क्याम्पसमा भएको अनेरास्ववियुका सम्मेलनले बिकास भट्टराई अध्यक्षतामा ४५ सदस्य कार्यसमिति गठन भएको हो । त्यसैगरी उपाध्यक्षमा उपाध्यक्ष नवीन गिरी, सचिवमा पुष्पत सिंह राजवंशी, सहसचिव खगेन्द्र लुइँटेल, सपना राजवंशी, रोहित सुवेदी र उर्मिला मुदेल रहेका छन् भने कोषाध्यक्षमा सुजाता धिमाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अनु चौधरी, दिपेश चौधरी, विशाल न्यौपाने, भूपाल लुईटेल लगायत ४५ सदस्य समिती गठन भएको छ । कार्यक्रको प्रमुख अतिथि अनेरास्ववियु अनेरास्ववियु केन्द्रिय सचिवलाय सदस्य अनिल कार्की रहेका थिए । अनेरास्ववियुको जिल्ला अध्यक्ष सन्तोष घिमिरे पनि उपस्थिति रहेको थियो ।
अतिथिहरु युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नविन पौडेल, एमाले गाउँपार्टी सचिव चरण गुरुङ,वडा नम्बर ६ का पार्टी वडाध्यक्ष कुमार फुयल, एमाले पार्टी वडा नम्बर ५ अध्यक्ष युवराज लुईटेल रहेका थिए । कार्यक्रमको सभापतित्व सरु गुरागाईले गरेकी थिइन् भने संचालन धनश्याम विश्वकर्माले गरेको थियो ।