माघ १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका बाल सञ्जालका किशोर किशोरीहरुका लागि लागू औषध दुव्र्यसन तथा मानसिक स्वास्थ्य सम्बन्धी २ दिने तालिम सुरु भएको छ ।
नगरपालिकाको सहयोगमा दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको तालिममा शुक्रबारबाट सुरु भएर आज शनिबार सम्पन्न हुने छ । तालिममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले युवा पुस्तालाई कुलतबाट जोगाएर सृजनशील तथा कर्मशील बनाउने योजना अनुरुप यसखाले तालिमले सचेतना छर्ने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले पनि शुभकामना मन्तव्य व्यक्त गरे । तालिममा नगर बाल सञ्जालका पदाधिकारी एवम् सदस्य तथा वडा वाल सञ्जालबाट प्रतिनिधित्व समेत गराइएको छ । साथै पुनस्र्थापना केन्द्रका विपिन गुरुङ सहितले युवा पुस्तालाई दुव्र्यसनमुक्त गराउने कार्यका अनुभवहरु प्रस्तुत गरे । तालिममा अधिकारकर्मी शोभा बजगाईं र सुशीला सुवेदी पाठकले सहजिकरण गर्दैछन् ।