Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
भोली रत्नचोकमा वृह्रद सांस्कृतिक कार्यक्रम हुने - Nigranitimes

भोली रत्नचोकमा वृह्रद सांस्कृतिक कार्यक्रम हुने

बैशाख ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपसमितिको रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा वैशाख ५ गते साँझ रत्नचोकमा वृह्रद सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

दिवंगत नेपाली गायक गायिककाहरुको स्मरणमा उनीहरुकै कालजयी गीत गाएर नगरका गायक गायिकाहरुले सम्मान व्यक्त गर्ने कार्यक्रममा गायक पुष्पन प्रधानको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक अर्जुन सेञ्चुरीले जनाए ।

अलंकार बैण्ड विर्तामोडका वाद्यवादकहरुको प्रत्यक्ष वाद्यवादनमा नगरका अगुवा गायक वीरध्वज शिवाको सहित रविन कन्दङ्वा, अर्जुन सेञ्जुरी, रमेश युडी, नन्दु गुरुङ, प्रतिमा गुरुङ, राज लोहार, सुमित राई, अमित चौधरी, रोश्नी गुरुङ सहितको प्रस्तुति रहने छ । साहित्यिक रचना वाचन, प्रहसन र पथरी डान्स सेन्टरको नृत्य प्रस्तुति समेत रहने छ ।

साथै कार्यक्रममा, पथरीशनिश्चरेबाट उदाएर राष्ट्रियस्तरको छवि बनाउन सफल कवि एवम् सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवालाई नगद २५ हजार राशी, सम्मानपत्र र दोसल्लाले सम्मानित गरिने छ । समितिले आयोजना गरेको १ महिने तबला प्रशिक्षण कार्यक्रमका सहभागिलाई सोहि कार्यक्रममा प्रमाणपत्र वितरण गरिने छ ।

 

सम्बन्धित खवर