बिहिबार, कार्तिक २७, २०८२

उभौली पर्वमा नगर प्रमुख तुम्वापोको शुभकामना

जेठ १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका नगरप्रमुख मोहनप्रसाद तुम्वापोले किराती समुदायको उभौली पर्वको अवसरमा सांस्कृतिक सम्मान र सद्भावको शुभकामना व्यक्त गरेका छन् ।

किरात राई यायोक्खा नगर समितिले आयोजना गरेको उभौली पर्व एवम् येले दुङ ५०८२ को शुभकामना कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नगर प्रमुख तुम्वापोले सवै संस्कृतिहरुको प्रवद्र्धन गर्दै लानु पर्ने समेत बताए । किराती राजा यलम्बरको शालिकमा माल्यार्पण गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रेमकुमार राईको अध्यक्षताको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष भीमकुमार राई सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा, साकेलास्थलमा सांस्कृतिक मेला समेत सञ्चालन गरी प्रतियोगितात्मक साकेला नृत्य प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.