शनिबार, कार्तिक २९, २०८२

रेडस्टार स्कुलद्धारा कक्षा १२ को विद्यर्थीलाई विदाई

 

जेठ २९ गते, पथरी । पथरीशनिश्चरे नगरपालिका–२ मा रहेको रेडस्टार माविले कक्षा –१२ का विद्यार्थीहरूलाई विदाई गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विदाई सहित बधाई तथा शुभकामना प्रदान गरिएको हो । कार्यक्रममा ब्रिटिस अवार्ड प्राप्त गर्न सफल रेडस्टार माविका प्रधानाध्यापक÷निर्देशक टि. एन. तिम्सिनाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । विदाई कार्यक्रममा विद्यार्थीको तर्फबाट त्रियुगा लिम्बु र सचिन लिम्बुले विदाईको सम्बोधन गरेका थिए । शिक्षकको तर्फबाट विष्णु पोखरेल बोलेका थिए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख शालिकराम काफ्लेले नगरमा रेडस्टार माविले संस्थागत विद्यालय भए पनि नगरको शैक्षिक गुणस्तर सुधारका लागि पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए । नोबेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेसनका प्रिन्सिपल भोलानाथ पाण्डे, ब्राइट सनराईज एकेडेमीका प्रिन्सिपल दिलप्रसाद आचार्यले अतिथिको तर्फबाट बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हिसान केन्द्रीय कमिटीका उपाध्यक्ष भेषराज पोखरेल, हिसान प्रदेश कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, नगरका शिक्षा शाखा अधिकृत नवीन खुलाल, रेडस्टार माविका संचालक समिति सदस्य विजय डांगी, डानवस अंग्रेजी वोर्डिङका प्रिन्सिपल किरण थापा, नमुना वोर्डिङका प्रिन्सिपल हरी काफ्ले, कञ्चनजङ्घा इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल खडग श्रेष्ठ, सिंह देवि एकेडेमीका प्रिन्सिपल दिपक थापा, लगायतको उपस्थिति रहेको थियो ।

रेडस्टार माविका सहायक प्रधानाध्यापक वसन्त मादेनले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षिका सरिता भट्टराईले गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.