पथरीमा ग्यास पसलको अनुगमन्, ग्यास अभाव छैन

चैत्र ७ गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाको अनुगमन टोलीले पथरी बजारको ग्यास पसलहरुमा अनुगमन् गरेका छन् । नगर क्षेत्रको व्यवसायिक चुस्तता कायम राख्ने क्रममा नगरपालिका कार्यालयले शुक्रबार ग्यास पसलहरुको अनुगमन् गरेको हो ।

नगर उपप्रमुख एवम् नगरपालिकाको अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहित इलाका प्रहरी कार्यालय पथरीको टोलीले ७ वटा ग्यास पसलको अनुगमन् गरेको छ । पसलहरुबाट ग्यासको कृत्रीम अभाव सृजना गरेको पाइएको छैन ।

ग्यासको उपभोग उपभोक्ताहरुबाट बढी भएकाले ग्यासको मौज्दात भनें खास नभएको देखिएको अनुगमन् संयोजक वास्तोलाले वताइन । २ नम्वर वडाको पाथीभरा सप्लायर्समा ८० वटा र १ नम्वरको मोरङ भाडा पसलसँगैको पसलमा ९ वटा ग्यास भरिएको अवस्थाको रहेको बाहेक ग्यास आउने र सकिइहाल्ने क्रम चलिरहेको पाइएको उल्लेख गरे । तर पसलहरुमा प्रतिसिलिण्डर ग्यास भर्दा १ हजार ३ सय ५० देखि १ हजार ३ सय ५५ र १ हजार ३ सय ७५ रुपैयाँ सम्म लिइएकोले ग्यासको मुल्यमा भनें एकरुपता नपाएको प्रष्ट्याए ।

उनीले अनुगमन्का क्रममा कृत्रीम अभाव सिर्जना नगर्न र महंगो मुल्यमा ग्यास विक्री वितरण नगर्न अनुरोध गरिएको बताए । टोलीले वडा नम्वर १ का ३ वटा, २ का २ वटा र १० का २ वटा पसलको अनुगमन् गरेको थियो । ग्याससँगै भएका किराना पसलमा नूनको पनि अनुगमन् गर्दा नूनको अभाव नभएको देखिएको छ ।

सम्बन्धित खवर