पथरीशनिश्चरे नगरको वडा नं. १ मा फेरी दुईजना पुरुषमा कोरोना पोजेटिभ

भदौ २० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको वडा नं. १ मा फेरी दुईजना पुरुषमा कोरोना पोजेटिभ देखा परेको छ ।

वडा नम्वर १ का ३७ र ४६ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको हालको अवस्था सामान्य रहेको छ । समुदायको ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा पछिल्लो पटक ९० जनाको पीसीआर परीक्षणमा २ जनामा कोरोना भाइरस देखिएको हो ।

भदौ १७ गते स्वाब संकलन गरी परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोमा २ पुरुषमा कोरोना देखिएको रिपोर्ट आज प्राप्त भएको नगरका नगरप्रमुख दिलिपकुमार राईले जनाए ।

यसअघि ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा समुदायका ७७ र क्वारेन्टिनका ५ गरी ८२ जना सबैको रिपोर्ट भनें नेगेटिभ आएको थियो । समुदायस्तरका ३ जनामा कोरोना भाइरस देखिएको र एकजनामा मृत्युपछि संक्रमण पुष्टि भएपछि लकडाउनलाई निरन्तरता दिँदै संक्रमितको सम्पर्कमा रहेकाहरुको २ दिनमा गरी स्वाब संकलन गरेर परीक्षणमा पठाइएको थियो ।

सम्बन्धित खवर