कानेपोखरीमा दोस्रो अन्तर वडा फुटबल प्रतियोगिता हुँदै

कात्र्तिक २० गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिका ४ नम्बर वडाकार्यालयले दिपावलीको अवसर पारेर दोस्रो अन्तर वडा फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

वडा नम्बर ४ वडा कार्यालयको आयोजनामा यही २२ शनिबार देखि २८ गते शुक्रबार सम्म प्रतियोगिता हुने तय भएको हो । गत बर्ष पनि अन्तर वडा फुटबल प्रतियोगिताको आयोजना भएको थियो । खेलको प्रतियोगितामा प्रथम हुनेले १५ हजार र दोस्रो हुनेले १० हजार, मेडल र ट्रफि पाउने खेलको मुल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए ।

खेल प्रतियोगितामा वडा भरीका ८ वडा टिमले सहभागिता जनाएको छ । मातुभूमि समाज सेवा क्लब(क), धम्कुवा युवा क्लब, संयुक्त गुम्बा युवा क्लब, श्रीसमाज सेवा क्लब, हस्तिनापुर युवा क्लब, श्री मातृभूमि समाज सेवा क्लब(ख), प्रगतिशिल युवा क्लब र बयरवन युवा जमात गरी जम्मा ८ वडा टिमले सहभागिता जनाउने खेल संयोजक संन्दिप खत्रीले बताए ।

खेलको प्रतियोगिता वडा नं. ४ को झोलुङ्गे पुल छेउको खेल मैदानमा हुने भएको छ । खेल दिनको ठिक २ बजेदेखि सुरु हुने खेलको टिम संयोजक बालेन लिम्बुले बताए । खेल प्रतियोगित सम्पन्न गर्न यस अघि मुल समिति र विभिन्न उपसमिति गठन सम्पन्न गरेको थियो ।

 

सम्बन्धित खवर