छोरा र छोरीको जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

माघ ३ गते, कानेपोखरी । मोरङको कानेपोखरी–५, कारिलाल टोल निवासी प्रकाश धिमालले आफ्नो छोरा र छोरीको जन्मदिनको अवसरमा वडाका दुई विद्यालयमा छात्रछात्राको लागि स्वास्थ्य तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

शुक्रबार आफ्ना छोरी प्रेरणाको जन्मउत्सवमा वडाको सिंहदेवी माविको छात्रछात्राहरुको लागि १२ हजार रुपैया बराबरको माक्स, सेनिटेरी प्याड र प्राथमिक उपचारका औषधि प्रदान गरेको हो । प्रकाश धिमाल कानेपोखरी –६, रमाइलो चोकमा रमाइलो डायग्नोष्टिक सेन्टरका संचालन गर्दै आएका छन् ।

धिमालले सो सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजकुमार राई र प्रधानाध्यापक धर्मराज(दिपक) थापालाई एक कार्यक्रमको विच हस्तान्तरण गरेका थिए । कार्यक्रममा धिमाल जातीय केन्द्रिय उपाध्यक्ष कविराज धिमाल र पुर्व सभासद भीष्म धिमाल उपस्थित रहेका थिए ।

श्रीमाबीमा पनि शैक्षिक सामाग्री प्रदान
एक महिना अघि पनि समाजसेवी प्रकास धिमालले आफ्ना छोरा एलोज धिमालको जन्मदिनमा श्रीमाबी भौसाबारीको नर्सरीकक्षाको २२ जना छात्राछात्रलाई शैक्षिक सामाग्री प्रदान गरेको थियो ।

छोरोको चौथों जन्मउत्सवमा २१ हजार बराबरको २२ जना विद्यार्थीलाई एकएक थान किताब राख्ने व्याग, स्विटर, कापि, पेन्सील र इरेजर प्रदान गरेको प्रकास धिकालले बताए ।

सम्बन्धित खवर