बुधबार, पुस २३, २०८२

नगरका ४० जना विद्यार्थीलाई टिफिन बट्टा वितरण

माघ ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरका सामुदायिक विद्यालयहरुमा गत आर्थिक बर्षमा वितरण बान्की रहेका ४ विद्यालयलाइ टिफिन बट्टा वितरण कार्य थालेको छ ।

यस क्रममा आज वडा नम्बर ९ स्थित आदर्श सीता आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाइ नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको नेतृत्वमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, सामाजिक विकास समितिका सदस्य भद्र्मान विश्वकर्मा, विद्यालय ब्यस्थापन समिति अध्यक्ष ललिता कार्की सहितले बट्टा वितरण गरेका थिए ।

विद्यालयको अभिभावक भेला समेतको कार्यक्रमबीच वडास्तरीय महिला समितिले प्रदान गरेको स्विटर र टोपी आर्थिक अवस्था अति बिपन्न भएका विद्यार्थीलाइ वितरण गरिएको छ । विद्यालयलाइ सहयोग गर्ने सीता छधारे सामुदायिक बन समूहलाई सम्मान गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.