पथरीशनिश्चरे नगरमा ५ वटा वडामा लगत संकलन सुरु

माघ २० गते, पथरी । ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ले अघि सारेको कार्यक्रम अनुरुप मोरङको पथरी शनिश्चरे नगरका ५ वटा वडामा लगत संकलन कार्य अघि बढेको छ ।

सोमबार वडा नम्बर १० मा जनप्रतिनिधिहरुको उपस्थितीमा जिरिखिम्तीस्थित डाँसमोरङ्गी सामुदायिक वन समूहको कार्यालय नजिकको बस्तीबाट लगत संकलन कार्य सुरु भएको छ । हिजो १, २, ३ र ७ मा लगत संकलन कार्य सुरु भएको थियो ।

वडा नम्बर ४ र ९ को भोलीबाट लगत संकलन गर्नेबारे आज छलफल भएको छ । वडा नम्बर ६ को साविक हसन्दह ७ बाट पर्सी ( माघ २१) देखि लगत संलकन कार्य अघि बढाइने छ । वडा नम्बर ८ मा बुद्ध माविमा अन्तरक्रिया कार्यक्रमसहित भोली लगत संकलन कार्यको उद्घाटन् गरिने भएको छ । वडा नम्बर ५ को पनि तत्कालै लगत संकलन कार्य अघि बढ्ने छ ।

कँही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएको तथा ऐलानी जग्गा भोग गरेकाले अनुसूचि ३ को ‘भूमिहीन सुकुम्बासी’ फारम भर्नुपर्ने र अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले अनुसूचि ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने हुन्छ ।

नगरमा बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय स्थापना गरी १० वडाबाट ३,३ जनाका दरले कर्मचारी नियुक्त गरिएको छ

 

सम्बन्धित खवर