प्रदेश संसद राईद्धारा कम्युटर कक्षाको उद्घाटन

माघ २६ गते, रमाइलो । प्रदेश १ का संसद सुर्यमाराज राईले कम्युटर कक्षाको आइतबार उद्घाटन गरेका छन् ।

मोरङको कोनपोखरी–५, भौसाबारीमा रहेको रमाइलो बहुमुखी क्याम्समा भखरै निर्माण सम्पन्न कम्युटर कक्षाको संसद राईले उद्घाटन गरेको हो । सो म्याम्पसमा कक्षा ११ मा यस शैक्षिक सत्रबाट कम्युटर साईन्सको कक्षा सुरु भएको छ । पहिलो शैक्षि सत्रमा कम्युटर साईन्स पढ्ने विद्यार्थी १६ जना रहेको क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गा बहादुर कार्कीले बताए ।

संसद राईले कम्युटर कक्षा निर्माण सम्पन्न गर्न १० लाख १० हजार रमाइलो क्याम्पसलाई प्रदान गरेका थिए । सो रकमले कम्युटर कक्षा निर्माण र ४ वटा कम्युटर खरिद गरेको अध्यक्ष कार्कीले बताए । अहिले क्याम्पसमा जम्मा १० वटा कम्युटर रहेको छ ।

सम्बन्धित खवर