आइसोलेसनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

जेठ १९ गते, पथरी । लुथरन सामुदायिक कल्याण समाज रंगेली मोरङले पथरीशनिश्चरे नगरमा कोरोना संक्रमित उपचारका लागि सञ्चालनमा रहेको आइसोलेसनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

संस्थाका अगुवाहरुले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख सहितलाई सामग्री हस्तान्तरण गरेका छन् ।

जसमा, पीपीइ १० सेट, एन्टिजिन किट ३० सेट, भीटीएम किट ५० सेट तथा अक्सिमिटर, भ्यापोराइजर र थर्मल थन २÷२ सेट, सर्जिकल मास्क ५ सय थानका साथै ग्लोब र सेनिटाइजर प्रदान गरिएको हो ।

यसैबीच, १ नम्बर प्रदेशको प्रदेश आपूर्ति केन्द्रले आइसोलेसनका लागि ४ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । नगरमा अत्याधुनिक ३ र अन्य २२ गरी २५ वटा सिलिण्डर संकलन भएको छ ।

 

सम्बन्धित खवर