पथरी उद्योग वाणिज्य संघको बार्षिक साधारणसभा र संघको निर्वाचन दुई हप्ता पछि हुने

 

भदौ १२ गते, पथरी । पथरी उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारणसभा र संघको निर्वाचन दुई हप्ता पछि हुने भएको छ ।

संघको गत ७ गते बसेको बैठकले २६ गते वार्षिक साधारणसभा, २७ गते निर्वाचन सम्वन्धी सम्पूर्ण तयारी र २८ निर्वाचन हुने महासचिव अशोक कुमार राईले जानकारी दिएका छन् ।

संघको निर्वाचन समितिमा संयोजक अर्जुनकुमार बुढाथोकी, सदस्य भवानी प्रसाद दुलाल र सदस्य दिपेन्द्र तिम्सिना रहेका छन् । संघले व्यापारिक फर्म दर्ता तथा नविकरणको मिति २० गतेसम्म राखेको सूचना गरेको छ ।

सम्बन्धित खवर