भदौ १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमख यमुना विष्ट वास्तोलाले नगरको विकासका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहने वताउनु भएको छ ।
झापाको दमकस्थित कंचनजंघा बहुउद्धेशीय सहकारी संस्थाले शुक्रबार पथरी बजारमा स्थापना गरेको आफ्नो चौथो शाखाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उपप्रमुख वास्तोलाले सो कुरा बताउनु भएको हो ।
उनीले नगरमा आएको सहकारीको शाखाले स्वच्छ रुपमा सहकारी अभियान सञ्चालन गरेर नगरको हितमा काम गर्न शुभकामना प्रदान गर्नुभयो ।
सहकारीका केन्द्रीय अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी अभियन्ता विनादेवी राई सहितले मन्तव्य व्यक्त गर्नुभयो । पथरी शाखामा स्थानीय ४ जना कर्मचारी नियुक्त गरेर कारोबार सुरु गरिएको छ ।
०५६ सालमा स्थापना भएको सो सहकारीको हाल ६८ करोड ६० लाखको बजेट तय गरेको छ ।