मङ्लबार, मंसिर २, २०८२

कानेपोखरीमा माओवादी केन्द्र निकट एन्टोका सवै शिक्षक संगठनमा प्रवेश

भदौ ३१ गते, कानेपोखरी । नेकपा माओवादी केन्द्र निकट एन्टो कानेपोखरीका सवै शिक्षकहरु एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन कानेपोखरीका अध्यक्ष र उपाध्यक्षको नेतृत्वको टोली संगठनमा प्रवेश गरेको हो ।

विहिबार कानेपोखरी ६ स्थित जनसेवा माविमा बसेको संगठनको विस्तारित बैठकमा आफ्नो धारण राख्दै प्रवेश गरेका थिए । एकिकृत अखिल नेपाल शिक्षक संगठन कानेपोखरीका अध्यक्ष नारायण प्रसाद काफ्ले र उपाध्यक्ष वीर बहादुर बम्जनका नेतृत्वमा प्रवेश गरेका छन् । वम्जन बाल माविका शिक्षक हुन भने काफ्ले शिक्षा सदन माविका प्रधानाध्यापक हुन ।

त्यसैगरी एकिकृत निकट लक्ष्मि आधारभूकाका प्रधानाध्यपक भोलामान बस्नेत, सुतली आधारभूकाका प्रध्यानाध्यपक धनन्जय फुयल, शिक्षा सदन माविका शिक्षक सुरेश सरदार, रामेश्वर सरदार र नवराज न्यौपाने, त्यसैगरी पञ्चकन्या आधारभूका शिक्षक बिमला कटुवाल प्रवेश गरेको हो ।बैठकमा काफ्लेले आफ्नो भनाई राख्दै पहिले पनि संगै काम गरेकोले सहज हुने बताउँदै बाँकी रहेका एन्टोका सवै आउँने बताएका थिए । वक्ताहरुले नव प्रवेशीहरुलाई क्षमता अनुसार संगठनमा जिम्मेवारी दिन अनुरोध गरेका थिए ।

नव प्रवेशीहरुलाई बैठकका प्रमुख अतिथि एमाले जिल्ला सल्लाहकार समितिका संयोजक तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, विशेष अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय लेखा तथा सुपरिवेक्षण सदस्य बलाराम पोख्रेल र नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष दामोदर सिग्देलले खदा र टिका लगाएर स्वागत गरेका थिए ।

अन्य अतिथिहरु नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सदस्य विजयगोपाल गड्तौला, नेपाल शिक्षक महासंघ कानेपोखरीका अध्यक्ष खेमनाथ पौडेल, एमाले कानेपोखरी गाउँकमिटि अध्यक्ष दानबहादुर बस्नेत र हेमचन्द्र भण्डारी लगाएत उपस्थित रहेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन कानेपोखरीका अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा भएको बैठकमा सचिव होमप्रसाद न्यौपानेले संचालन गरेका थिए ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.