कात्र्तिक ११ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको ३ नम्बर वडा कार्यालय भवनको उदघाटन भएको छ । एक कार्यक्रमका बीच नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेको हो ।
विहिबार उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख राई र उपप्रमुख वास्तोलाले स्थानीय जग्गादाताहरुको अमुल्य योगदानमा वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा कार्यालय भवन निर्माण सहितका गतिविधिमा नगरको सक्रियता बढाउन पाएको जनाए ।
वडाध्यक्ष डम्बरबहादुर चेम्जोङको अध्यक्षताको कार्यक्रममा, ७ नम्बर वडाध्यक्ष कपिलमणि ढकाल, नगरका लेखा अधिकृत पिताम्बर वस्ती, समाजसेवी युवराज वास्कोटा सहितले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय गायक नन्दु गुरुङले गीत प्रस्तुत गरेका थिए ।
स्थानीय नन्दीकेशर अधिकारी र कृष्णमाया अधिकारी, रुद्रप्रसाद पोखरेल र बासुका पोखरेल, झनप्रसाद पोखरेल र पुष्पा पोखरेल, खोमप्रसाद पोखरेल र ज्ञानु पोखरेलबाट डेढ÷डेढ कठठा जग्गा दान भएपछि वडा कार्यलय बनेको थियो । त्यस्तै, अन्य दातामा घनश्याम कोइराला र सुशीला कोइराला, बदिनाथ कोइराला र रुक्मिणी भटटराई कोइराला, केदारनाथ कोइराला र जमुना गौतम कोइराला, थमानसिंह सुन्दास र पुष्पकुमारी सुन्दासबाट एक÷एक कठ्ठा गरी कुल १० कठ्ठा जग्गा दान भएपछि संघीय सरकारको बजेटमा त्यहाँ भवन बनेको हो । कार्यक्रममा जग्गादाताहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ ।
यसअघि, वडा नम्बर ७, ८, ९ को भवन बनेर उदघाटन भएको छ । ४ नम्बरमा साविक शनिश्चरे गाविस कार्यालय रहेको पुरानै भवन रहेको तथा साविक हसन्दह गाविस भवनमा वडा नम्बर ५ र ६ को कार्यालय सञ्चालनमा छ । वडा नम्बर २ को कार्यालय पनि उदघाटनको चरणमा पुगेको छ । वडा नम्बर १ र १० को कार्यालय भवनका लागि अव प्रक्रिया अघि बढाइने भएको छ ।