जेठ १७ गते, बेलबारी । मोरङको बेलबारीमा बिहीबार भएको घटनाको बिभत्स भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने र शेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ ।
आमाको हत्यापछि छोराले धारिलो छुराको मद्दतले आफ्नै गला काट्दै गरेको भिडियो खिच्ने, केही युटयुब र फेसबुकमा पोष्ट गर्ने २३ जनाको नाम प्रहरीले भेरिफाई गर्दै उनिहरुलाई कारबाही गर्ने भएको हो ।
यस घटनालाई प्रहरी प्रधान कार्यालय (नक्साल) ले चासो व्यक्त गर्दै ज जसले उक्त भिडियो पोष्ट गरेको छ, तिनिहरूलाई कारबाही गर्ने जनाएको छ ।
मोरङको बेलबारी ४ काकुम बुधबारेमा बिहीबार बिहान ३१ वर्षीय जीवन लिम्बुले आफ्नी आमा ६१ वर्षीया देवीकुमारी लिम्बुलाई टाउकोमा इँटा प्रहार गरी घरमै हत्या गरेर आफुले पनि घाँटी रेटेर हत्या गरेका थिए । सोही घटनाको भिडियो सामाजिक सञ्जालमा हाल्नेहरुको प्रहरीले यतिबेला खोजी गरिरहेको छ ।