शुक्रबार, अशोज ३१, २०८२

वडामा तीन महिने ढाकातान तालिम सुरु

फागुन २० गते, पथरी । मोरङको पथरीशनिश्चरे –१० मा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले आजबाट तीन महिने ढाकातान तालिम सुरु भएको छ ।

चौकीडाँडामा सञ्चालित तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गर्दै घरमै बसेर छोराछोरीलाई स्याहार्दै आत्मनिर्भर बन्नका लागि महिलाहरुलाई तालिम प्रदान गर्ने कार्यक्रम अघि सारिएको प्रष्ट्याउनु भयो । ढाकातान नगरको पहिचान भन्ने नारालाई सार्थक बनाउन विभिन्न वडामा यसप्रकारका कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै दिगो आयआर्जनका लागि माछा होइन माछा मार्ने बल्छी दिने रणनीति अनुरुप महिला आत्मनिर्भरताका कार्यक्रम सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।

नगरस्तरीय प्रगतिशील ढाकातान समूहको आयोजनामा सञ्चालित ३ महिने तालिमको उद्घाटनको अवसरमा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य अनोज घिमिरेले पनि मन्तव्य व्यक्त गरे । नगरको लक्षित वर्गको २ लाख ९० हजारको बजेटमा ३० जनाका लागि तालिम सञ्चालन गरिएको समूह अध्यक्ष मिनाक्षी तामाङले जनाईन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.