आइतवार, पुस २७, २०८२

वृक्ष रोपान गरी यायोक्खाको ३६ औं स्थापना दिवस मनाए

साउन २४, पथरी । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले वृक्ष रोपन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी ३६ औं स्थापना दिवस मनाएका छन् ।

यायोक्खा नगर अध्यक्ष प्रेम वाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रममा संगठनको केन्दीय उपमहाचिव समेत रहेका प्रमुख अतिथि अर्जुन जम्नेली राई, केन्दीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नरहाङ राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

वक्ताहरुले १ नं. प्रदेशको नाम कोशी खारेजीको आन्दोलनकै रुपमा स्थापना दिवस मनाइएको बताए । नगर सचिव निर्माला राईले सञ्चालन गरेको कार्यक्रममा कोशी नाम खारेजी नभएसम्म आन्दोलन जारी रहने वक्ताहरुको उद्घोष थियो ।

साकेला थानमा रहेको यलम्बरको मुर्ति अगाडी आयोजित शुभकामना आदानप्रदानपछि परिसरमा विभिन्न जातका विरुवा रोपेर स्थापना दिवस मनाएका हुन् ।

यायोक्खाको विदेश शाखाहरु र नेपालको सुनसरी, उदयपुर, इलाम, झापा लगायत बिभिन्न जिल्ला र स्थानीय तहहरुमा स्थापना दिवस समापन भएको यायोक्खाले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.