शुक्रबार, कार्तिक २१, २०८२

रमाइलो जनएकता साकोसमा मोबाइल बैंकिङ्ग कारोबार सुरु

संस्थाका अध्यक्ष त्रिभूनाथ फुयल(सन्तोष)

असोज १७, रमाइलो । कानेपोखरी गाउँपालिका क्षेत्रकै ठुलो सहकारी रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले मोबाइल एपबाट मोबाइल बैंकिङ्ग कारोबार सुरु गरेको छ ।

सहकारीले सेयर सदस्यहरुको लागि १२ वटा भन्दा बढी सेवाहरु प्रदान गर्ने उदेश्यले मोबाइल एप (डिजिटल अनलाइन) सेवा सुरु गरेको हो । १ महिना अघिबाट सुरु गरिएको मोबाइल एपमा अहिले सम्म २ जना भन्दा बढी सेयर सदस्यले सेवा सुरु गरिसकेको संस्थाका कर्मचारी लोकबहादुर मगरले बताए ।

सहकारीले अहिले कार्यालय बाहिर रमाइलोमा लागेको दोस्रो कानेपोखरी महोत्सवमा स्टल नै राखेर सेयर सदस्यहरुको सुविधाको लागि मोबाइल एप सम्बन्धी जानकारी दिने, फर्म भरिदिने र एम डाउनलोड गरी सुचारु गरिदिने जस्ता काम गर्दै आएको छ । संस्थाले मोबाइल एप सम्बन्धी सुविधा संस्थामा रहेको सेयर सदस्यहरुलाई सूचना गरिसकेको छ ।

रमाइलो जनएकताले पनि ग्राहकलाई बैंकहरुको जस्तै सेवा उपलब्ध दिने उद्ेश्यका साथ अघि बढेको साकोसको अध्यक्ष त्रिभूनाथ फुयल(सन्तोष)ले बताए । उनले सेवाग्राहीको पनि माग थियो र बढ्दो प्रविधिमैत्री हुँदै गरेको बेला सहकारीले मोबाइल बैंकिङ्ग सुरु गरेको बताए ।

मोबाइल बैंकिङ्गमा पैसा पठाउन, बचत गर्न, ऋणको विवरण हेर्न, ऋण तिर्न, आफ्नो खातामा रहेको रकम अन्य खातामा लान, इसेवा,आइएमई पे, खल्तीमा रकम लोड, विद्युतको विल तिर्न, खानेपानीको विल तिर्न, विमाको प्रिमियम भुक्तानी गर्न, मोबाइल टेलिफोन रिचार्ज गर्न, भ्वाइस तथा डाटा प्याक खरिद, इन्टरनेटको विल तिर्न, हवाई टिकट, चेकको अनुरोध तथा बन्द गर्न सकिने, सेयर बजार, विदेशी विनिमयदर तथा सुनचाँदी सम्बन्धी जानकारी लगाएत लिन सकिने बताइएको छ ।

मोबाइल बैंकिङ्ग प्रयोग गर्दा सेयर सदस्यहरुले मोबाइलको प्लेस्टोरमा गई अङ्ग्रेजीमा रमाइलो जनएकता सर्च गरि (एप) डाउनलोड गरी रजिष्टर गर्नुपर्ने बताइएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.