३० भदौ, कानेपोखरी । नेकपा(एमाले) कानेपोखरी गाउँ आयोजक कमिटिले पालिका स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
आदिवासी जनजाती भवनमा शुक्रबार र शनिबार गाउँ कमिटिका सदस्यहरुलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षण शुक्रबार सुरु गरिएको थियो । पहिलो दिनमा नरेन्द्र बस्नेत र एमाले केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले प्रशिक्षण दिइएका थिए ।
त्यस्तै दोस्रो दिनमा एमोले केन्द्रिय सदस्य युवराज बास्कोटा, स्कुल विभाकका सोम थापा र अधिवक्ता हरि बहादुर बराल लगाएतले प्रशिक्षण दिएका थिए । सहभागि सबैलाई प्रशिक्षण लिएको प्रमाण–पत्र प्रदान गरिएको नेकपा(एमाले) कानेपोखरी गाउँ आयोजक कमिटिका संयोजक यशोदा लिम्बुले बताइन् ।
पार्टीका केन्द्रिय, जिल्ला, क्षेत्रीय कमिटीमा आवद्ध पालिका भित्रका सबै जना प्रशिक्षणमा उपस्थित भएका थिए ।