कानेपोखरीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिदा तीन जना शक्त घाइते

दुर्गेश खतिवडा
१७ माघ, कानेपोखरी । मोरङको कानेपोखरी २ स्थित पेट्रोल पम्पछेउमा इन्धन बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार तीन जना सक्क्त घाइते भएका छन् ।

दक्षिणबाट पम्पको लागि इन्धन ल्याउँदैगरेको को १ ख २३३८ नम्बरको ट्याङ्करले उत्तरतर्फबाट घर जार्दै गरे को ३६ प २८८७ नम्बरको स्कुरलाई ठक्कर दिएको हो । बुधबार साँझ ७ ः३० बजे ठक्कर दिएको प्रहरी चौकी रमाइलोका सई मोहन प्रसाद प्रधानले बताए ।

स्कुटरमा सवार कानेपोखरी २ का १८ वर्षिय सन्देश राई, १७ वर्षिय भिजल चौधरी र १८ वर्षिय युनिक भुजेल सक्त घाइते भएका छन् । घटना स्थलबाट उनिहरुलाई उपचारको लागि विराटनगर स्थित विराट नर्सीङ होम लगिएको र दुर्घटना भएपछि ट्याङ्करका चालक भागेको सई प्रधानले बताए ।

सम्बन्धित खवर