सोमवार, पुस २१, २०८२

एमाले मोरङ क्षेत्र नं.३ मा स्थानीय उम्मेद्वार हुनुपर्ने जोड, १७ जनाको नाम सिफारिस

२० पुस, मोरङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) मोरङ क्षेत्र नम्बर ३ ले भानुभक्त ढकाल सहित १७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

आइतबार सुन्दरहरैचा नगरपालिकाको उद्योग वाणिज्य संघको सभाहलमा एमाले मोरङ संघीय निर्वाचन ३ नम्बर क्षेत्रीय समन्वय कमिटीको अध्यक्ष भोला प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो ।

बैठकमा क्षेत्रिय कमिटी सदस्यहरुले बोल्ने क्रममा यस पटक क्षेत्र नं. ३ को उम्मेद्वार स्थानीय हुनु पर्ने माग गरेका छन् । स्थानीय उम्मेद्वार भएमा मात्र आगामी चुनावमा जीत शुनिश्चित हुने वक्ताहरुले बताएका थिए । क्षेत्र भन्दा बाहिरका उम्मेद्वार हुँदा क्षेत्रगत जिम्मेवार कम हुने, उपस्थित पनि कम हुने भएकोले अवको निर्वाचनमा स्थानीयलाई नै उम्मेद्वार बनाउनु पर्नेमा जोड दिएका थिए ।

उम्मेद्वारमा सिफारिस भएका नामहरु
सिफारिस हुनेहरुमा भानुभक्त ढकाल, युवराज बाँस्कोटा, मोहन प्रसाद न्यौपाने, ज्ञानेन्द्र सुवेदी, केदार प्रसाद गुरागाँई, किशोर राई, ईरान राई, मधु गुरुङ, सुरेन्द्रबहादुर थापा, धनमाया तामाङ, प्रकाश राई, रविन थापा, विरेन्द्र श्रेष्ठ, बासुदेव थापा(नविन), विजय डाँगी, मिलन घिमिरे र सुजय गौतम रहेका छन् ।

क्षेत्रीय कमिटीबाट सिफारिस गरिएका यी नामावली अब जिल्ला कमिटी हुँदै प्रदेश र केन्द्रीय कमिटीमा पुग्नेछन् । त्यहाँबाट उम्मेदवारको अन्तिम टुंगो लाग्ने पार्टी स्रोतले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.