बुधबार, माघ २१, २०८२

हिसान फुटबलको उपाधि रेडस्टार र टेवुल टेनिसको उपाधि अरनिको कलेजलाई

२१ माघ, विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शनिबार राती सम्पन्न भएको हिसान फुटबल अन्तरगत छात्र तथा छात्रातर्फ रेडस्टार कलेजले उपाधि जितेको छ ।

शहिद मैदानमा भएको छात्रतर्फको फाइनल खेलमो रेडस्टार कलेजले शिक्षा सन्देश कलेजलाई पेनाल्टी सुटआउटमा ५–४ को गोल अन्तरले परािजत गरि उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिम १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । रेडस्टारको जितमा मनिष लिम्बु, रुद्र योगी, रिशव मगर, सौगात राई र प्रशान्त तामाङले गोल गरे भने शिक्षा सन्देशका योहाना लिम्बु,मिलन थापा, राहुल राजवंशी र प्रेम हलुवाईले गोल गरे । शिक्षा सन्देशका अनुप धिमालले गरेका प्रहार रेडस्टारका सागर दर्नालले उत्कृष्ट बचाउ गरेर रेडस्टारको जित सुनिश्ति गरे ।

फाइनल खेलको प्लेयर अफ फाइनल शिक्षासन्देशका मिलन थापा घोषित भए भने प्लेयर अफ टुर्नामेन्ट कान्तिपुरका प्रकाश ताती भए । त्यस्तै हाइ स्कोरर बुद्ध कलेजका जतिनकुमार थारु, उत्कृष्ट गोलकिपर रेडस्टारका सागर दर्नाल, उत्कृष्ट डिफेन्डर शिक्षासन्देशका प्रेम हलुवाई र उत्कृष्ट मिडफिल्डर शिक्षासन्देशका योहाना लिम्बु घोषित भए ।

त्यसतै छात्रातर्फको फाइनल खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई ७–० को फाराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । रेडस्टारको जितमा स्मृती राईले ह्याट्रिकसहित ३ गोल, सुहाना राईले २ गोल तथा रेजिना थापा र सलिजा राईले १–१ गोल गरे । फाइनल खेलको प्लेयर अफ फाइनल अर्किडकी सुस्मिता बस्नेत घोषित भए भने प्लेयर अफ द टुर्नामेन्ट रेडस्टारकी स्मृती राई, उत्कृष्ट मिडफिल्डर रेडस्टारकी सलिना राई, उत्कृष्ट गोलकिपर रेडस्टारकी मानसिना लिम्बु र हाइ स्कोरर रेडस्टारकी सुहाना राई घोषित भइन् ।

हिसान टेवुल टेनिसको उपाधि अरनिको कलेजलाई
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत भएको हिसान टेबुल टेनिसको उपाधि छात्र तथा छात्रातर्फ विराटनगरको अरनिको कलेजले उपाधि जितेको छ ।

शहिद मैदानको कवड हलमा भएको टेबुल टेनिसको छात्र टिम इभेन्ट्समा अरनिको कलेज प्रथम भयो भने शिक्षादिप कलेज दोस्रो तथा कान्तिपुर कलेज र भानु कलेज तेस्रो भयो भने छात्रा टिम इभेन्ट्समा अरनिको कलेज प्रथम भयो भने शिक्षादिप कलेज दोस्रो तथा कान्तिपुर कलेज र मेरिल्याण्ड कलेज तेस्रो भयो ।

त्यस्तै छात्र एकलमा मेरिल्याण्डका डेविट बोहरा प्रथम, अरनिकोका आधार दाहाल दोस्रो तथा शिक्षादिप कलेजका आर्यन श्रेष्ठ र अविचल पोखरेल तेस्रो भए भने छात्रा एकलमा अरनिकोकी ओमकुमारी चौधरी प्रथम, अरनिकोकी साधाना चौधरी दोस्रो तथा मेरिल्याण्डकी जीयासेन गुप्ता र प्राप्ती कार्की तेस्रो भइन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.