पथरी । पथरीशनिश्रचे नगरपालिका –३ स्थीत आइतबारेमा रहेको जनता माविको भूतपूर्व विद्यार्थीहरु संगठित भएका छन् । शनिबार एक कार्यक्रमको आयोजना गर्दै तदर्थ समिति गठन गरी संगठित भएको हो ।
भूतपूर्व विद्यार्थीहरुको संगठनको अध्यक्षमा माधव प्रसाद कोइराला,उपाध्यक्षमा युवराज बास्कोटा यज्ञ, सचिवमा गणेश राई, सहसचिवमा पर्शुराम न्यौपाने र कोषाध्यक्षमा देवीमाया पोखरेल चयन भएका छन् ।
त्यसगरी सदस्यहरुमा फडिन्द्र अधिकारी, सुरेन्द्र दाहाल, हेमन्त ओझा, सरोज तिम्सिना, यमुना सुबेदि र
मधु कुमारी कुईकेल चयन भएको छ ।