पथरी नगर अस्पताललाई १० थान पीपीइ हस्तान्तरण

चैत १८ गते, पथरी । अमेरिका नेपाल मेडिकल फाउण्डेशनको पहलमा मोरङको पथरीशनिश्चरे नगर अस्पतालका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) उपलब्ध भएको छ ।

फाउण्डेशनका अध्यक्ष पथरीशनिश्चरे नगर निवासी डाक्टर भूपेन्द्रकुमार वस्नेतको पहलमा १० थान विशेष पीपीइ, १० थान फुलबडी सेफ्टी गाउन र १० थान इएन वान ४९ मास्क उपलब्ध भएको हो ।

मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतले नगर प्रमुख दिलीपकुमार राई, पथरी नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईं सहितलाई नगर अस्पतालमा हस्तान्तरण गरेका थिए ।

ती सामग्री पथरी नगर अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी र नगरले सञ्चालन गरेको एम्बुलेन्सका चालकलाई प्रदान गरिने जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताए ।

सम्बन्धित खवर