राहत समितिले सहयोगको लागी आव्हान गर्दै बैंक खाता नम्बर सार्वजानिक

चैत १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर गरी खानेको लागि राहत संकलनका आव्हान गर्दै बैंक खाता खोलेको छ ।

मंगलबार समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले एनआइसी एशिया बैंक पथरी शाखामा खाता सञ्चालनको निर्णय पछि खाता खोलिएको छ ।

जहाँबाट सहयोग आएपनि सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक राईले बताए । बैठकले, राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको थियो ।

सम्बन्धित खवर