वडा नं. २ बाट ५ सय मजदुरलाई राहत वितरण

चैत २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी २ नम्बर वडाले दैनिक ज्यालादारी गरिखाने घरपरिवारको पहिचान गरी राहत वितरण गरेको छ । शुक्रबार जम्मा ५ सय मजदुरको घरपरिवारलाई राहत वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामको उपस्थीतमा राहत वितरण गरिएको हो । नेपाली कांग्रेसबाट त्रिभुनाथ फुयल नेपाल क्युनिष्ट पार्टीबाट तारा ओझा राजवंशी, अम्बिका अर्याल, भोजवीर माझी, दुर्गा बहादुर कार्की र पर्शुराम खतिवडा लगाएतले राहत हस्तान्तरण गरेका थिए ।

सो खाद्यान सामाग्री ऋषिदेश बस्ती तथा सुकुम्वासी बस्तीको घरघरमा गएर वितरण गरेको वडाध्यक्ष सुशिल बुढाथोकीले बताए ।

उनिहरुले १ घरपरिवार बराबर २० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ थान हात धुने साबुन गरी जम्मा १ हजार ५० रुपैया बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

सम्बन्धित खवर