दुई पालिकाको डाँस खोला विवाद समाधान

जेठ २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा नगरका विवाद उत्पन्न भएका क्षेत्रहरुको अवलोकन गरी विवाद निरुपणको पहल भएको छ ।
वास्तोलाले मंगलबार पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकाको सिमाका रुपमा रहेको डाँस खोलाको गिट्टी, ढुंगा र बालुवा निकासीका विषयमा भएको विवादको निरुपणका विषयमा छलफल गरेका थिए ।

पथरीशनिश्चरेतर्फको भागमा वडा नम्वर १० बाट तत्काललाई अमानतमा खोलाजन्य सामग्री निकाली स्थानीय विकास निर्माणमा लगाउन स्थानीयसँग सहमति गरिएको उपप्रमुख वास्तोलाले जनाए ।

२ नम्वर वडामा निर्माण हुँदै गरेको सामुदायिक भवनको विषयमा उठेका टिकाटिप्पणीका बारेमा पनि उप्रमुख वास्तोलाले स्थलगत अध्ययन गरेका थिए ।

सम्बन्धित खवर