रमाइलोको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन

साउन २२ गते, कानेपोखरी । मोरङ कानेपोखरी–६, स्थित रमाइलो डायग्नोष्टिक सेन्टरको आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ ।

सेन्टरले विहिबार गरेको रक्तदान कार्यक्रममा ५ जना महिला र ३१ जना पुरुषले रगत दान गरेका थिए । रेड क्रस विराटनगरका प्राविधिक टोलीको सहयोगमा रगत संकलन गरिएको थियो ।

यस प्रकारका कार्यक्रमहरु सेन्टरले बर्षमा दुई पटक गर्दै आएको सेन्टर संचालक प्रकास धिमालले बताए । रगत दान गर्नेहरुलाई सेन्टरको तर्फबाट प्रमाण पत्र प्रदान गरेका थिए ।

सम्बन्धित खवर