कानेपोखरीमा भदौ ७ गते सम्म लकडाउन थप, लकडाउनमा हिड्न नपाइने

युवराज लिम्बु
साउन ३२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको भन्दै त्यसको रोकथाम र नियन्त्रण लागि भदौ ७ गते सम्म लकडाउन थप कडाई गरेको छ ।

आइतबार गाउँपालिकामा बसेको गाउँकार्यपालिका र सर्वदलिय बैठले ७ वटै वडामा भाइरसको रोकथाम र नियन्त्रण गर्न लकडाउन थप गरेको हो । बैठकले खाद्य मल, भेटनगरी, औषधी पसलहरु, दुधजन्य पदार्थ र विपत व्यवस्थापन कार्य बाहेक सवै बन्द रहने निर्णय गरेको छ ।

यस अघि गाउँपालिकाले साउन २२ गते राती १२ बजे देखी २९ गते राती १२ बजे सम्म लकडाउनको घोषना गरेको थियो । त्यस पछि फेरी तीन दिन साउन ३२ गते सम्म लकडाउन थप गरेको थियो ।

छिमेकी उर्लाबारी, बेलबारी र पथरीशनिश्चरे नगरपालिकाहरुले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गए पछि त्यसको रोकथाम र नियन्त्रण गर्न भदौ ७ गने सम्म लकडाउनको सूचना जारीगरीसकेको छ ।

गत शुक्रबार कानेपोखरी–३ नम्बर वडामा एकजना पुरुषमा कोरोना पृष्टी भएपछि वडाकार्यालयले वडा सिल गरेको थियो । नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत वडाका एकजनामा कोरोना देखिएपछि साउन ५ गते सम्म वडा सिल गरिएको छ ।

लकडाउन अवधिभर घरमै बसिदिन आग्रह गर्दै हिड्न पनि नपाइने बताइएको छ। लकडाउन प्रभावकारी बनाउन कानेपोखरी प्रहरी चौकी, रमाइलो प्रहरी चौकी, सशस्त्र प्रहरी बल र म्यादी नगर प्रहरीले सहित दैनिक अनुगमन गर्ने तयारी गरेको पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।

सम्बन्धित खवर