भदौ २ गते, कानेपोखरी । पीसिआर रिपोर्ट नेगेटिभ आएपछि मोरङको कानेपोखरी–६, स्थित जनसेवा क्वारेन्टाइनबाट २१ जना घर फर्किएका छन् ।
सोमबार पीसिआर रिपोर्ट नेगेटिभ आएपछि विभिन्न देशबाट घर आएका उनिहरु घर फर्किएको हो । उनिहरुको शुक्रबार स्वाब संकलन गरी पीसिआर परीक्षणको लागि प्रदेश १ को परीक्षण केन्द्र विराटनगर पठाईएको थियो ।
क्वारेन्टाइनमा रहेका २१ सहित क्वारेन्टाइन बाहिरका कोरोना आशाका गरिएको ८ जनाको समेत पीसिआर रिपोर्ट नेगेटीभ आएको छ ।
उनिहरुलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, जनसेवा क्वारेन्टाइन संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेत, स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारी, नेकपा कानेपोखरी गाउँअध्यक्ष भोला अधिकारी र नेपाली कांग्रेस गाउँसभापती योगेन्द्र दाहाल लगाएतले खदा लगाई दिएर विदाई गरेका थिए ।