पथरीशनिश्चरे नगर पनि भोलिदेखि शिल हुने

भदौै ५ गते, पथरी । पथरीशनिश्चरेको समुदायमा कोरोना भाइरस देखापरेपछि नगरपालिकाले भोलि (शनिबार) बिहान १० बजेदेखि नगर क्षेत्र शिल गरिने भएको छ ।

सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय युवामा आज कोरोना पोजेटिभ देखिएपछि नगरपालिकोले शिल गर्ने निर्णय गरेको हो ।

अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै भोलि बिहान १० बजेदेखि अस्पताल र औषधि पसल बाहेक सम्पूर्ण पसल, ब्यवसाय, यातायात संचालन सहित हिडडुलमा पूर्ण प्रतिबन्ध गरिने नगरप्रमुख दिलिपकुमरा राईले बताए । नगरको सो आव्हानलाई पूर्ण रुपमा पालना गरी कोरोना भाइरसबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन नगरवासीमा आग्रह गरेका छन् ।

अत्यावश्यक खाद्यान्न, सब्जी, फलफुल, दुधजन्य पदार्थ विहान ६ देखि विहान ९ बजेसम्म मात्र विना भिडभाड सञ्चालन गरिसके पछि भोलि १० बजेबाट नगरलाइ शिल गरिने छ ।

भदौ २ गते पथरी शनिश्चरेको आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका उनलाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट आज पोजेटिभ आएपछि ती युवा आफुसँग गएका २ जना साथीसँग अटो रिक्सा चढेर पथरी बजार आइपुगेको पत्ता लागेको नगरकाले जनाएको छ । उनीसँग सम्पर्क भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गरिने छ ।

सम्बन्धित खवर