भदौ १२ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकामा पनि ४ वटा सामाजिक संस्थाले लकडाउनको समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि ‘फुड बैंक’ सुरु गरेको छ ।
शुक्रबार विहान कानेपोखरी–७, स्थित बरगाँछी चोकमा लायन्स क्लब अफ कानेपोखरी, रमाइलो जेसिज, नेपाल रेडक्रस सोसाइटी वयरवन उपशाखा र व्यापार प्रबन्ध समिति लगाएत संस्थाले ‘फुड बैंक’ सुरु गरेका हो ।
शुक्रबार विहिन सम्म १० जनाले चामल, नुन, तेल र दाल फुड बैंकमा जम्मा गरेका थिए । ‘फुड बैंक’ उद्घाटनको समयमा आर्थिक रुपले अति विपन्न वर्गका लगभग ७५ जनाको राहत लगेका छन् ।
लकडाउनका कारण समस्यामा परेका गाउँपालिका भित्रका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार चामल, दाल, खाने तेल र नून राहत दिने उद्देश्यले स्थापना गरेको कार्यक्रम संयोजक हिमप्रसाद तिम्सिनाले बताए ।‘हुनेले दिएर जाऔंं, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ अभियानमा ४ वटा संस्था अभियानमा जुटेका छन् । यसखाले सहयोगको अभियानका लागि विभिन्न पक्षबाट ठुलो सहयोग जुट्ने अपेक्षा रहेको व्यवस्थापन पक्ष बताउँछन् ।