शुक्रबार, साउन २९, २०८३

सुन्दर वस्तीका ७६ घरपरिवारलाई राहत वितरण

भदौ १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे –१, स्थित सुन्दर वस्तीका ७६ घर परिवारलाई आज नगरपालिकाले खाद्यान्न राहत उपलब्ध गराएको छ ।

सुन्दर वस्तीका एकजनामा कोराना भाइरस देखा परेपछि हिजोबाट सो वस्तीलाई नै शिल गरिएकाले दैनिक ज्याला मजदुर रहेको त्यहाँ खाद्यान्न राहत उपलब्ध गराइएको हो ।

नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति सदस्य यमुना विष्ट वास्तोला, समितिका सदस्य एवम् पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, समिति सदस्य चन्द्रकुमार राई सहितको टोलीले राहत प्रदान गरेको हो ।

जसमा, सोही टोलकी वडा सदस्य रोमान्सी धिमाल सहितको उपस्थितीमा नगरमा मौज्दात रहेको राहत सामग्रीबाट प्रति परिवार १० किलोग्राम चामल, १ किलोग्राम नून र आधा लिटर खानेतेल वितरण भएको छ ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.