भदौ १५ गते, लेटाङ । प्राथमिक स्वास्थ्य केन्द्र लेटाङका एकजना स्वास्थ्यकर्मी सहित आज लेटाङ नगरमा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यससगै लेटाङमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ ।
गत भदौ ८ गते गरिएको स्वाब परीक्षणबाट लेटाङ – २ को एकै परिवारका ४ जनामा कोरोना पोजेटीभ पुष्टि भएको थियो । कन्ट्रयाक ट्रेसिङको आधारमा १२ गते गरिएको स्वाब परीक्षणबाट सोही परिवारका ५ जना र १ स्वास्थ्यकर्मिमा पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटीभ पुष्टि भएकाहरु सबै हालसम्म आफ्नै घरमा होम आईसोलेसनमा रहेको लेटाङ २ का वडाध्यक्ष तेज प्रसाद तिम्सिनाले जानकारी दिएका छन् । नेपाल सरकारको स्वास्थ्य मापदण्डलाई अनुशरण गर्ने गरि संक्रमितहरुले आफ्नै घरमा बस्ने ईच्छा गरे अनुरुप ब्यबस्था गरिएको तथा वडाका अन्य सक्रमितहरुको लागि स्थानिय लक्ष्मी माविमा आईसोलेसनको ब्यबस्थापन गर्न लागिएको समेत वडाध्यक्ष तिम्सिनाले बताए ।
यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र, लेटाङका स्वास्थ्यकर्मिलाई कोरोना पोजेटीभ देखिए पछि लेटाङ नगरपालिकाले स्वास्थ्य केन्द्रबाट प्रधान गरिने प्रसुती सेवादेखी बाहेकका सबै सेवाहरु बन्द गरेको छ । नगरपालिकाले आज बिज्ञप्ति निकाल्दै १५ गतेदेखी २१ गतेसम्म सेवा बन्द गर्ने जनाएको छ । स्वास्थ्य शाखाले सोमबार संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरेको लेटाङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र चौधरीले बताए ।
पहिलो पटक ४ जनामा कोरोना पोजेटिभ देखिएपछी लेटाङ नगरपालिकाले १२ गतेदेखी गरेको सिल १६ गते सकिदैछ । कोरोनाको सक्रमण समुदाय स्तरमा फैलन नदिन गरिएको सिल प्रभाबकारी भएको भएता पनि खाधान्न संकटले बिपन्न बर्गमा समस्या उत्पन्न सक्ने भन्दै सामान्य लकडाउन गर्नुपर्ने माग बढेको छ । लकडाउन थप निर्णयको लागि नगरपालिकाको बैठक बस्दैछ । भर्चुअल बिधिबाट सन्चालन हुने बैठकमा थप केहिदिन सिल गर्ने पक्षमा आफू रहेको लेटाङ नगरपालिकाका प्रमुख शकर राईले बताए ।