पथरीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

भदौ २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे–१० मा खडा भएको आधारभूत स्वास्थ्य केन्द्रका लागि आज आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।

उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले प्रदान गरेको स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत पीपीइ सेट, ज्वरो नाप्ने थर्मलगन, केएन नाइन्टीफाइभ मास्क, ग्लोब, गमबुट सहितका सामग्री वडा कार्यालयमार्फत वितरण भएको हो ।

१० नम्वर वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा, स्थानीय समाजसेवी दिलबहादुर कार्की र कमल बुढाथोकीले त्रिवेणी चोक दक्षिणमा स्थापना भएको स्वास्थ्य केन्द्रका लागि ती सामग्री हस्तान्तरण गरेका थिए ।

स्थानीय दिलबहादुर कार्की र गोपाल कार्कीले जग्गा दान गरेपछि भवन बन्ने काम सुरु भएपनि तत्काललाई घर भाडामा लिएर आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिने भएको हो । भोली त्यहाँको सेवाको उद्घाटन् हुने भएको वडाध्यक्ष राईले जनाए ।

सम्बन्धित खवर